Connect with us

राजनीति

निर्वाचन आयोग जुट्यो निर्वाचनको तयारीमा

Published

on

निर्वाचन आयोगले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा जुटेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विद्यमान कानुनअनुसार निर्वाचनको तयारीमा जुटेको बताएका छन्।

भट्टराईका अनुसार आवश्यक सरसामानको अध्ययन भइरहेको छ र छिट्टै नै निर्वाचन कार्यतालिका बनाएर दल दर्ता लगायतका कामहरू अघि बढाइनेछ। उनले भनेका छन्, ‘घोषणा भएको मितिमा चुनाव सम्पन्न गराउन हामीले तयारी सुरू गरिसकेका छौँ।’

यद्यपि, निर्वाचनसम्बन्धी नयाँ कानुन नआइसकेकाले आयोगले सरकारसँगको सहकार्यमा काम अघि बढाउने जनाएको छ। प्रवक्ता भट्टराईले सरकार र आयोगका पदाधिकारीबीच आवश्यक कानुनी प्रावधानबारे छलफल भइरहेको बताए। उनले भने, ‘सरकारले केही नयाँ व्यवस्था गरेमा त्यसलाई आयोगले कार्यान्वयन गर्नेछ ।’

निर्वाचन आयोगमै आजै बिहीबार आयोजित छलफलमा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न सम्भव बनाउने बताएका थिए।

मन्त्री अर्यालले समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गरेका थिए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न सरकारका नाममाा आदेश गरेको थियो।

‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले निर्वाचन आयोगमा भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’ मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने पनि गृहमन्त्री अर्यालको भनाइ छ ।

राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरौं भन्ने छ, उहाँहरूलाई हामीले निर्वाचनमा मतदान गर्ने अवसरबाट बञ्चित गर्न हुँदैन। नेपाल सरकारबाट गर्न सक्ने हामीले गर्छौं, मलाई लाग्छ निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ,’ उनले छलफलका मन्त्री अर्यालले भने।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.