Connect with us

राजनीति

राष्ट्रियसभा बैठकमा चलचित्र विधेयक पेश गरिने

Published

on

राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संबिधान धारा ५३ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिबेदन, २०८०÷८१ सभा समक्ष पेश गर्नेछन भने सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र बिधेयक, २०८१’ सभा समक्ष पेश गर्नेछन ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले प्रतिनिधिसभावाट सन्देशसशित प्राप्त ‘केही नेपाल एेन संसोधन गर्न बनेको बिधेयक, २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.