Connect with us

राजनीति

जसपाको संघीय परिषद् बैठक बस्दै

Published

on

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुँदैछ ।

असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् । 

उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।

 संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रादेशिक निकायका पदाधिकारीहरु, राष्टिय समितिका पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरु र मनोनित संघीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागी हुने सो पार्टीका नेता सुबेदीले बताए ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.