Connect with us

अर्थ

धितोपत्र दलालको संख्या बढेको बढ्यै, पुग्यो ९०

Published

on

धितोपत्रको दोस्रो बजार कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या निरन्तर बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा धितोपत्रको दोस्रो बजारका लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएका थिए । यस आर्थिक वर्ष थप आठवटा कम्पनी थपिएर त्यसको संख्या ९० पुगेको छ ।

धितोपत्रको खरिद तथा बिक्री गर्न यही असोज मसान्तसम्ममा ९० वटा दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेबाट बुझिएको छ ।

स्टक डिलरका रूपमा पछिल्लो पटक नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको सदस्यता नवीकरण भएको छ । नेप्सेका अनुसार हालसम्म दर्ता भएमध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालकोे अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्ने अनुमति पाएका छन् ।

पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेडले अनुमति पाएका नेप्सेले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.