राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला रास्वपाले पहिलो पटक स्थानीय तह उप निर्वाचनमा आफ्ना उम्मेदवार तयर गरेको हो ।
पार्टीको स्थानीय नेतृत्वको सिफारिस र विधानको धारा ७१ बमोजिम आकांक्षी उम्मेदवारहरुबीच छलफल पश्चात आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारहरु चयन गरिएको रास्वपाले जानकारी दिएको छ ।