अमेरिकी राष्ट्रपति निर्वाचनका प्रत्यासी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफु विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्मा स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।
ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।
टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।