Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्प आज स्विट्जरल्यान्ड पुग्दै, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

Published

on

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) २०२६ मा भाग लिन आज (बुधबार) स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आज साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित विश्वलाई सम्बोधन गर्नेछन्।

डाभोसमा ट्रम्पको उपस्थिति र भाषणलाई विश्वले नजिकबाट नियाल्नेछ। डब्ल्यूईएफमा सम्बोधनपछि ट्रम्पले एक विशेष उच्च(स्तरीय कार्यक्रम आयोजना गर्नेछन्।

ट्रम्पले छ वर्षपछि डाभोसमा सम्बोधन गर्दै

डोनाल्ड ट्रम्प लगभग ६ वर्षपछि डाभोस पुग्दै छन्। उनी यसअघि आफ्नो पहिलो कार्यकालमा २०२० जनवरी २१ मा डाभोस पुगेका थिए। त्यसपछि अहिले हुने यो भ्रमणलाई अझ महत्त्वपूर्ण मानिएको छ। किनकि अमेरिकाको विदेश र व्यापार नीतिमा आक्रामक परिवर्तन गरिएको छ।

ट्रम्पका सल्लाहकारहरूले अमेरिकाले डाभोसमा पुरानो विश्वव्यापी प्रणाली र नियमरूभन्दा बाहिर गएको स्पष्ट पार्ने बताएका छन्।

ग्रिनल्यान्डविरुद्ध आक्रामक ट्रम्प

ट्रम्पले बारम्बार ग्रिनल्यान्ड कब्जाको धम्की दिइरहेका छन्। उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि ग्रिनल्यान्ड आफ्नो देशमा गाभ्नैपर्ने जिकिर गरिरहेका छन्।

उनको दाबीअनुसार आर्कटिक क्षेत्रमा बढ्दो गतिविधि, खनिज स्रोत र सैन्य महत्त्वका कारण ग्रिनल्यान्डमा अमेरिकाको नियन्त्रण आवश्यक छ। मंगलबार मात्र ट्रम्पले सामाजिक सञ्जालमा ग्रिनल्यान्ड, क्यानडा र भेनेजुएलालाई अमेरिकाकै भागका रूपमा देखाइएको सम्पादित राखेका छन्।

ग्रिनल्यान्ड कब्जा गर्ने योजनाको विरोधमा उत्रिएका डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहित ८ युरोपेली मुलुकविरुद्ध ट्रम्पले १० प्रतिशत भन्सार कर लगाएका छन्। अमेरिकी प्रशासनले विरोध जारी रहेमा यो कर २५ प्रतिशतसम्म बढाउन सकिने संकेत गरेको छ।
एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.