Connect with us

समसामयिक

रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ

Published

on

रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए । 

अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार राती अढाई बजे यमुनामाई गाउँपालिका १ देउरैया नजिकमा लुटपाट गर्ने उद्देश्यले लुकीछिपी बसेका ८११० जना अपरिचित व्यक्तिहरु बसेका थिए।

उनीहरूले मध्ये प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकल चलाई आइरहेको  दुर्गाभगवती ३ मसुरिया बस्ने बर्ष २५ को कृष्णमणी झालाई रोकि लुटपाट गर्न खोजेको  जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त भएको थियो।

तत्काल नै जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट गएको प्रहरी टोलीले लुटपाट गर्ने गिरोहमा संलग्न दुवैजना अभियुक्त लाई पक्राउ गरेको थियो।

गिरोहका फरार रहेका व्यक्तिहरुको खोजतलास कार्य भइरहेको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.