Connect with us

राजनीति

एमाले महाधिवेशनः अहिले बिहान ८ बजेदेखि मतदान

Published

on

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ । हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो ।

साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।

एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ । एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.