नेकपा (एमाले) को निर्वाचन आयोगले भृकुटीमण्डपमा जारी ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले पर्सी एक पुसमा भावी नेतृत्व चयनका लागि मतदान हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
यसअघि अध्यक्ष केपी ओलीले अध्यक्ष मण्डल नै घोषणा नगरी बन्द सत्र सञ्चालन गरेका थिए । त्यसअघि बहुमतबाट विधान संशोधन गराएका थिए ।