गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि निर्वाचन आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन् । आयोगका अनुसार जेन(जी विद्रोहपछि दल दर्ताका लागि निवेदन दिएका ३७ मध्ये हिजो आइतबारसम्म २५ वटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।
जसमध्ये पहिलो नम्बरमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी छ । राई नेतृत्वको पार्टी गत असोज ७ गते ३०४ नम्बरमा दर्ता भएको हो । यस्तै अन्तिम नम्बरमा शरदसिंह यादव नेतृत्वको ज
जेनजी विद्रोहपछिका २५ नयाँ दल (हेर्नुहोस्, सूचीसहित)
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि निर्वाचन आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन् । आयोगका अनुसार जेन(जी विद्रोहपछि दल दर्ताका लागि निवेदन दिएका ३७ मध्ये हिजो आइतबारसम्म २५ वटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।
जसमध्ये पहिलो नम्बरमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी छ । राई नेतृत्वको पार्टी गत असोज ७ गते ३०४ नम्बरमा दर्ता भएको हो । यस्तै अन्तिम नम्बरमा शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टी रहेको छ । यसको दर्ता नम्बर ३४० रहेको छ । यो दल मंसिर १४ गते दर्ता भएको हो ।
आयोगमा दल दर्ताका लागि निवेदन दिएका तर प्रक्रिया नपुर्याएका दलको सङ्ख्या १२ रहेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने उद्देश्यले मंसिर १४ गतेसम्म निवेदन दिइसक्नुपर्ने थियो । उक्त मितिसम्म २५ नयाँ दलले कानूनी प्रक्रिया पुर्याएर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।
पुराना र नयाँ दल गरी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन १२० दल दर्ता भएका छन् ।
यी हुन् जेनजी विद्रोहपछि दर्ता भएका २५ वटा नयाँ दल
१. श्रमसंस्कृति पार्टी – अध्यक्ष, हर्कराज राई
२. गतिशील लोकतान्त्रिक पार्टी – अध्यक्ष, दिनेशराज प्रसाई (बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत)
३. नागरिक उन्मुक्ति पार्टी नेपाल – अध्यक्ष कबिर सोब (संरक्षक रेशम चौधरी)
४. राष्ट्रिय परिवर्तन पार्टी – अध्यक्ष, राजेश पोर्तेल (जेन(जी आन्दोलनमा एउटा खुट्टा गुमाएका)
५. राष्ट्रिय जनमत पार्टी – अध्यक्ष, रियाज अहमद शेष (जनमत पार्टीबाट फुटेर गठन भएको)
६. नेकपा (माओवादी) – महासचिव, नेत्रबहादुर चन्द
७. राष्ट्र निर्माण दल नेपाल – अध्यक्ष, अकबर खान
८. राष्ट्रिय उर्जाशील पार्टी नेपाल – अध्यक्ष, योगेन्द्र मण्डल
९. पिपुल फर्स्ट पार्टी – अध्यक्ष, प्रशान्त सिंह
१०. उज्यालो नेपाल पार्टी – अध्यक्ष, अनुपकुमार उपाध्याय
११. स्वभिमान पार्टी – अध्यक्ष, सत्यवानकुमार कर्ण
१२. हाम्रो पार्टी नेपाल – सभापति, खगेन्द्र सुनार
१३. नागरिक सर्वोच्चता पार्टी नेपाल – अध्यक्ष, रत्नप्रसाद श्रेष्ठ
१४. जनादेश पार्टी नेपाल – अध्यक्ष, रमणकुमार कर्ण
१५. सार्वभौम नागरिक पार्टी – अध्यक्ष, गणेशकुमार मण्डल
१६. नागरिक सेवा पार्टी – अध्यक्ष, श्रेया केसी
१७. प्रगतिशील नागरिक पार्टी – अध्यक्ष, सविन सिग्देल
१८. सर्वोदय पार्टी – अध्यक्ष, दिपककुमार साह
१९. सम्मुनत पार्टी नेपाल – अध्यक्ष, सर्वेन्द्र खनाल
२०. नागरिक बचाउ दल नेपाल – अध्यक्ष माधवप्रसाद खतिवडा
२१. नेपाल जनसेवा पार्टी – अध्यक्ष, प्रकाश खड्का
२२. समावेशी समाजवादी पार्टी – अध्यक्ष, नुमा लिम्बू
२३. आवाज पार्टी – अध्यक्ष, सुन्दरराम बोहोरा
२४. जनता लोकतान्त्रिक पार्टी नेपाल – अध्यक्ष, अशोककुमार यादव
२५. जनअधिकार पार्टी – अध्यक्ष, शरदसिंह यादव