Connect with us

अर्थ

स्पेन घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

Published

on

भिजिट भिसामा स्पेन गएर लुकेको विषयमा नेपाल प्रहरीले छानबिन सुरु गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर छानबिन अगाडि बढाइएको सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिएका छन्।

समितिमा मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवर र सीआईबीका अधिकारीहरू छन्। समितिको पहिलो बैठक आज मंगलबार दिउँसो सीआईबीमा बसेको छ। समितिले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा को को गए ? उनीहरु फर्किए कि फर्किएनन् ? उनीहरूलाई त्यहाँ के कसरी पठाइयो र को को संलग्न छन् भन्ने छानबिन गर्नेछ। यो समितिको प्रारम्भिक छानबिनपछि सीआईबीले थप कारबाही अगाडि बढाउने छ।

प्रतिनिधिसभा बैठकमा सबैभन्दा पहिले रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा गएका केही नेपालीहरू नफर्किएको विषय उठाएकी थिइन्। यसपछि यो विषय सतहमा आएको थियो । गृहमन्त्री रमेश लेखकले गृह सचिव गोकर्णमणी दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर यो विषयमा अनुसन्धान अगाडि बढाउन र संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.