Connect with us

राजनीति

कुलिङ पिरियडमा भएको छेडखानीमा एमालेले ‘म्याउ’ गरि छाड्योः प्रचण्ड

Published

on

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा ‘नेकपा एमाले म्याउ’ गरेको बताएका छन् ।

आज शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउ गरि छाड्यो भने जस्तै एमालेले म्याउ गरि नै हाल्यो ।’

उनले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको बताउँदै भने, ‘उसको (एमाले) नियत नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने । त्यसकारण मैले भनेको छु यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्दछ ।’

प्रचण्डले आफूले संसदीय छानबिन समितिलाई शंकाको सुई पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै बताउँदै भने, ‘तर ठोस रुपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरुले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो ।’

छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्ने उनले तर्क गरे । प्रचण्डले भने, ‘छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं । हाम्रा माननीय सदस्यहरुले सदनमा कुरा उठाउनु भएको छ ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.