Connect with us

राजनीति

निजी विद्यालय सञ्चालकहरुको मनपरीः चक्रपथमा बस गुडाउँदै विद्यालय बन्दको चेतावनी

Published

on

निजी विद्यालयका सञ्चालकहरुले स्कुल बससहित र्याली निकालेका छन् । आज उनीहरुले विभिन्न विद्यालयका बसमा चक्रपथ परिक्रमा गरेका हुन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै पाँच बुँदे मागसहित आन्दोलनमा उत्रिएका निजी विद्यालयका सञ्चालकहरुले सरकारलाई भदौ १८ गतेसम्मको अल्टिमेटम दिएका छन् । आज १६ गते हो ।

भदौ १८ सम्म पनि माग सम्बोधन नभए आन्दोलन थप चर्काउने र देशभरका निजी विद्यालयहरु अनिश्चितकालीन बन्दको घोषणा गने उनीहरुको धम्की छ । उनीहरुको ज्यादती कतिसम्म छ भने विद्यालय शिक्षा विधेयकमा क्रमशः गैरनाफामूलक बनाउने भन्ने प्रावधानप्रति लुट मच्चाउनु पाउनुपर्छ भन्ने माग राखेका छन् । निजी विद्यालयका सञ्चालकहरुले गत भदौ १३ गते शिक्षामन्त्री रघुजी पन्तलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

उता सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघले पनि आन्दोलन निरन्तर जारी राखेको छ । महासंघले सरकारलाई २१ गतेसम्मको अल्टिमेटम दिएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.