राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (असोज २४) मा बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल गरिनेछ ।
साथै, सद्भाव यात्रा, विस्तारित बैठकका एजेन्डा, विपद् व्यवस्थापनमा पार्टीको भूमिकाका विषयमा छलफल रुास्वपाले जनाएको छ । रास्वपाको सचिवालय बैठक यही अस्ति असोज २२ गते पनि बसेको थियो । आजको बैठक त्यसकै निरन्तरता हो ।