Connect with us

राजनीति

महेश बस्नेत चढेको गाडीमा बेलुन प्रहार, एयरपोर्टमा नाराबाजी

Published

on

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध बिरातनगरमा नाराबाजी भएको छ । राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन इटहरी जान लागेका बस्नेतलाई आज बिबराटनगर विमानस्थलबाहिर जेनजी युवाहरूले नाराबाजी गर्दै अवरोधको प्रयास गरेका हुन् । त्यसक्रममा ‘हत्याराको छोरो’ भन्दै उनी सवार गाडीमा आक्रमणको प्रयाससमेत भएको बताइएको छ ।

बस्नेत विराटनगर आइपुगेको थाहा पाएपछि ठूलो संख्यामा जेनजी युवाहरू विमानस्थल बाहिर पुगेका थिए । उनी एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा रातो रङ घोलिएको पानी भरेको बेलुनले गाडीमा हानेको बुझिएको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यसअघि बस्नेतसहितका एमाले नेता बारा आउन लागेको थाहा पाएपछि जेनजीले सिमरा विमानस्थल बाहिर प्रदर्शन गरेका थिए । जसका कारण एअरपोर्ट बन्द हुँदा उनीहरू काठमाडौँमै रोकिनुपरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.