Connect with us

राजनीति

कांग्रेसको सदस्यता छानबिन समितिको संयोजक महेन्द्र यादव चयन

Published

on

नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका हुन्। यादव कांग्रसका सह–महामन्त्री हुन्।

त्यस्तै, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको सदस्यमा तीन जनालाई मनोनित गरिएको छ। सदस्यता छानबिन समितिको सदस्यमा शिवप्रसाद हुमागाँइ, प्रा.डा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विक मनोनित भएका हुन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कार्यवाहक सभापति खड्काले सदस्यता छानबिन समितिमा संयोजक र सदस्य मनोनित गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार समितिले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नेछ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.