Connect with us

राजनीति

जेनजी विद्रोह छानविन गर्न गठित आयोगका अध्यक्षले प्रधानमन्त्रीलाई भने- ‘ओली र लेखकलाई पत्र काट्दैछौँ’

Published

on


२३ र २४ भदौमा भएको जेनजी विद्रोह छानबिन गनृ गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। उनले प्रधानमन्त्री कार्कीसँग भेटेर हालसम्मको कामबारे जानकारी गराएका छन्। कार्कीले आयोगको समयावधि एक महिना थप्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

अध्यक्ष कार्कीले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा समय लाग्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका थिए । उनले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई बयानका लागि पत्र काट्ने भइरहेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

अध्यक्ष कार्कीले प्रधानमन्त्री कार्कीलाई आगामी आइतबारदेखि सरकारको नेतृत्व गरेका नेताहरुलाई बयानका लागि बोलाउने तयारी गरेको जानकारी गराएका स्रोतका भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.