Connect with us

राजनीति

प्रधानमन्त्रीसहित दलहरु र सुरक्षा निकायसँग छलफल गर्दै निर्वाचन आयोग

Published

on

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्न लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफल हुने छ ।

छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकायका प्रतिनिधिहरुलाई पनि बोलाइएको उनले जानकारी दिए । छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.