Connect with us

राजनीति

नियमित महाधिवेशन नगरिए विशेष महाधिवेशनः गगन थापा

Published

on

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनलाई नियतवश अवरुद्ध गर्न खोजिए विशेष महाधिवेशन नरोकिने बताएका छन् ।

“हिजो ४५ दिन कांग्रेसको बैठक रोक्नेले नै अहिले सकिँदैन कि अब समय छैन भनेका छन्,” थापाले भने, “अब सकिँदैन भन्नु भनेको धुलोमा पहिला बाल्टीबाट पानी खन्याएर अब हिँड्न सकिँदैन भनेजस्तै हो ।” उनले महाधिवेशन अवरुद्ध बनाउने प्रयास गरिए देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन गर्ने बताए ।

“नियतवश अवरुद्ध गरे देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन हुन्छ । त्यसले एउटा परिणाम निकाल्छ,” थापा भन्छन्, “कि नियमित महाधिवेशन सरासर अघि बढ्छ । कि विशेष महाधिवेशन हुन्छ । महाधिवेशन नगरी चुनावमा जाने अवस्था बन्दैन ।”

उनले आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी भएको उल्लेख गर्दै भने, “ मेरो सबैभन्दा ठूलो तागत तपाईं (प्रतिनिधि) हरु नै हो । तपाईँहरु कै तागतमा म अघि बढ्ने हो ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.