Connect with us

राजनीति

ओली र प्रचण्डबीच ललितपुरमा भेटवार्ता

Published

on

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । दुई नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो द्धिपक्षीय

ललितपुरस्थित एमाले केन्द्रीय कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच सौहाद्र छलफल भएको छ । सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले समीक्षा गरेका छन् ।

नेकपा संयोजक प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले समसामयिक विषयमा दुई नेताबीच गहन छलफल भएको बताए । आसन्न निर्वाचनको वातावरण बनाउने,राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताइएको छ ।

प्रचण्डले आज दिल्ली जानुअघि ओलीसँग भेटवार्ता गरेका हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.