Connect with us

राजनीति

प्रधानमन्त्री सदनबाट बाहिरिएका विषयमा कांग्रेसले माग्यो जवाफ

Published

on

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनमा उभिएपछि सभामुख डोलप्रसाद अर्यालले उक्त पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक थापाले भनिन्, “राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो ।”

उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन् । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरिरहदा प्रधानमन्त्री शाह बाहिरिएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.