Connect with us

राजनीति

बयान लिन पूर्वप्रधानमन्त्री ओली निवास गुण्डु पुगेको जाँचबुझ आयोगको टोलीलाई थमाईयो लिखित बयान

Published

on

२३ र २४ भदौको जेनजी विद्रोहमा भएको हत्या गर ध्वंसको घटना जाँचबुझ आयोगको टोलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित बयान थमाएका छन्। तत्कालीन प्रधानमन्त्री ओलीको बयान लिन जाँचबुझ आयोगको टोली आइतबार उनको निवास भक्तपुरस्थित गुण्डु पुगेको थियो।

टोलीलाई ओलीले जेनजी आन्दोलनका घटना विवरण समेटिएको लिखित जवाफ बुझाएको गुण्डु स्रोतको भनाइ छ । ‘आयोगको टोली आएको थियो। उहाँले पहिल्यै तयार गरेको लिखित उनीहरुलाई दिएर पठाइदिनु भएको हो’, स्रोतले भनेको छ ।

जाँचबुझ आयोगको टोली पत्रसहित ओली निवासमा पुग्ने र ओलीले त्यहीँ टोलीलाई आफ्नो कुरा राखेर पठाउने पहिल्यै समझदारी बनिसकेको थियो। पूर्व समझदारी अनुसार नै ओलीले जेनजी आन्दोलनमा भएका घटनाबारे लिखित तयार गरेका थिए।

आफ्ना भनाइसहित पहिल्यै तयार गरेको त्यही लिखित ओलीले टोलीलाई थमाएका हुन्। यसअघि आफू जाँचबुझ आयोगको कार्यालयमा बयान दिन नजाने बताउँदै आएका ओली आफ्नै निवासमा आए आफ्नो कुरा राख्न तयार भएका थिए।

जाँचबुझ आयोगको टोलीले अन्यलाई भने आयोगको कार्यालय सिंहदरबारमै बोलाएर घण्टौँसम्म बयान लिएको थियो। पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखकलाई पनि आयोगले २ दिन बयान लिएको थियो। सुरुमा बयान लिएको आयोगले लेखकलाई लिखित प्रश्न पठाएको थियो। त्यसको जवाफ दिएपछि फेरि बयानमा बोलाएको थियो।

तर ओलीसँग भने एकतर्फी जवाफ मात्रै लिएर फर्किएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.