Connect with us

राजनीति

झापा- ५ मा बालेनको ‘वाचापत्र’: राजनीतिलाई पेसा होइन, सेवा बनाउँछु

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर- ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आज सोमबार बिहानै आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन्।

रास्वपाका वरिष्ठ नेता उनले ‘बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने’ मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। ​शाहले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने कुरालाई उनले विशेष महत्त्व दिएका छन्। ​शिक्षा र स्वास्थ्यमा नयाँ योजना ​शिक्षा क्षेत्रमा ‘स्कुल रिटेन्सन प्रोग्राम’ मार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन्।

यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निस्शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र ञघर(घर स्वास्थ्य सेवा कार्यक्रम मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिवद्धता शाहको छ।

​झापा-५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण गर्न ‘कन्काई-रतुवा सिँचाइ योजना’ विस्तार र ‘एक पालिका, एक शीत भण्डार’ को अवधारणा ल्याइएको छ। यस्तै, पूर्वाधारतर्फ दमक-रवि (चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने वाचापत्रमा छ।

​महिला उद्यमीका लागि सहुलियतपूर्ण ऋण, ‘सेफ हाउस’ को व्यवस्था र युवाहरूका लागि सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखिएको छ। गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र दमकलाई ‘पर्यटन ट्रान्जिट हब’ बनाउने योजना पनि वाचा पत्रमा समेटिएको छ।

भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचा गर्दै बालेनले ‘जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोस्’ भन्दै मतदातासँग अपिल गरेका छन्।

हेर्नुहोस् बालेनको वाचापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.