Connect with us

राजनीति

एमसीसी स्थगित भएपछि विप्लव खुशी, ट्रम्पलाई दिए धन्यवाद

Published

on

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द विप्लव एमसीसी स्थगित भएपछि खुशी देखिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन अमेरिकालाई आग्रह गरेका छन् ।  विप्लवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदै एमसीसीको स्थगनले नेपाली समाजमा सकारात्मक प्रभाव परेको बताएका छन् ।

उनले भनेका छन्- ‘एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन्‌ । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.