Connect with us

समसामयिक

जाँचबुझ आयोगमा १५ कर्मचारी थप गर्ने मन्त्रिपरिषद्को निर्णय

Published

on

सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा १५ जना कर्मचारी थप गर्ने निर्णय गरेको छ। आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

सरकारले आयोगलाई निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको हो। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी घटना अनुसन्धान तथा कारबाहीको सिफारिस गर्न तीन महिनाको समय दिइएको थियो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.