Connect with us

समसामयिक

महिला राष्ट्रिय कबड्डी प्रतियोगिताः नेपाल प्रहरी र सशस्त्र प्रहरी आमनेसामने

Published

on

सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच भीडन्त हुने भएको छ ।

पहिलो सेमिफाइनलमा नेपाल प्रहरीले त्रिभुवन आर्मीलाई र सशस्त्र प्रहरी वलले कोशी प्रदेशलाई पराजित गर्दै फाइलनमा प्रवेश गरेका हुन् । इनरुवा–२ स्थित शिक्षा कार्यालयको खेल मैदानमा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेताले एक लाख र ट्रफी, दोस्रो हुनेले ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई टोलीलाई २५÷२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.