Connect with us

राजनीति

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेसनलाई सम्बोधन गर्ने

Published

on

सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आज साँझ ६ बजे जेनेभाका लागि प्रस्थान गर्नेछन् ।  गत शुक्रबार उनले आफ्नो भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए । 

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा दुई वटा सेसनमा सम्बोधन गर्नेछन् ।

पहिलो सेशनमा  ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ बिषयमाथी सम्बोधन गर्नेछन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.