Connect with us

राजनीति

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

Published

on

तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्याशीहरू सचेत रहनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिता पालना भएनभएको कडाइका साथ अनुगमन गरिने बताए । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका प्रतिनिधि सहभागी थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.