Connect with us

राजनीति

रवि लामिछानेलाइ ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

Published

on

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न आदेश दिएको छ । कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका  रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

गत आइतवार देखी सुरू भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिएकाे हाे ।  जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्याले उनीबिरूद्दसहित मुद्दा दर्ता गरेको थियाे ।  उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथी लागेको छ ।

यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । याेसँगै उनले दाेस्राे पटक गरी १ कराेड २५ लाख धराैटी बुझाउनु पर्ने भएकाे छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.