Connect with us

राजनीति

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् । आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए तर देउवा र भट्टराई भने अनुपस्थित भएका छन् । 

सत्ताका प्रमुख सहयोगी देउवा धनुषा पुगेका छन भने भट्टराई गृह जिल्ला गोरखा गएकाले उनीहरु उपस्थित हुन नसकेका हुन । दुवैको पुर्वनिर्धारित कार्यक्रम थियो । बैठकमा पुर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाललगायत भने उपस्थित रहेका छन् । 

आगामी मंशिर १७ वाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल भने सिंहदरबारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.