Connect with us

राजनीति

सदन खुलाउन सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरुसँग सभामुखको छलफल जारी

Published

on

सभामुख देवराज घिमिरेले सदन खुलाउन सत्ता र प्रतिचपक्ष दलका प्रमुख सचेतकहरुसँगको छलफल जारी राखेका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक डाकिएको समयभन्दा पहिले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरू छलफल गरेका हुन् ।

सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा घिमिरेले एमालेका प्रुमख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरे । यसपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टै छलफल गरेका छन् ।

संविधानमा उल्लेख भए अनुसार गत १५ जेठमा संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गरे यता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध गरेपछि संसद्‍को कारबाही अघि बढ्न नसकेको हो ।

संसद सुरु हुन नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । आज प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.