Connect with us

अन्तर्राष्ट्रिय

पुटिनसँगको सम्बन्ध पूर्ण रूपमा नटुटेको डोनाल्ड ट्रम्पको जिकिर

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निराश भए पनि उनीसँगको सम्बन्ध पूर्ण रूपमा समाप्त नभएको बताएका छन् ।

बीबीसीसँगको विशेष टेलिफोन कुराकानीमा “के तपाईं पुटिनमाथि विश्वास गर्नुहुन्छ ?” भन्ने प्रश्नमा ट्रम्पले भने, “म कसैमाथि पूर्ण रूपमा भरोसा गर्दिनँ ।”

यो अन्तर्वार्ता उनले युक्रेनलाई हतियार उपलब्ध गराउने योजना घोषणा गर्ने क्रममा भएको हो । साथै, ट्रम्पले ५० दिनभित्र युद्धविराम नभए रूसमाथि भारी ट्यारिफ लगाउने चेतावनी पनि दिएका छन् ।

विस्तृत रूपमा भएको उक्त कुराकानीमा ट्रम्पले नेटोप्रति आफ्नो समर्थन दोहोर्‍याएका छन् । यद्यपि, यसअघि उनले नेटोलाई ‘बेकार’ भन्दै आलोचना गरेका थिए ।

उनले नेटोको सामूहिक रक्षा नीतिको समर्थन गर्ने स्पष्ट पार्दै भनेका छन्, “म नेटोको सैद्धान्तिक अवधारणालाई समर्थन गर्छु ।”

बीबीसीसँगको करिब २० मिनेट लामो फोन अन्तर्वार्ता ट्रम्पको पेन्सिल्भेनियाको बटलर सहरमा भएको एक चुनावी र्‍यालीका दौरान उनीमाथि भएको हत्या प्रयासको एक वर्ष पूरा भएको अवसरमा भएको हो ।

“त्यो घटनापछि तपाईंको जीवन वा सोचमा कुनै परिवर्तन आयो रु” भन्ने प्रश्नमा उनले भने, “म कम सोच्ने प्रयास गर्छु । मलाई यसले ममा के परिवर्तन ल्यायो भन्नेबारे सोच्न मन लाग्दैन ।”

उनले थपे, “त्यसबारे धेरै सोच्नाले जीवन नै बदलिन सक्छ ।”

हालै ट्रम्पले ह्वाइट हाउसमा नेटो महासचिव मार्क रुटसँग भेट गरेका थिए । त्यसपछि बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले पुटिनप्रति असन्तुष्टि जनाएका थिए ।

उनका अनुसार, “मैले रूससँग सम्झौता हुने आशा चारपटक गरेँ, तर हरेकपटक कुरा बिग्रियो ।”

बीबीसीले “के तपाईंले अब पुटिनसँगको सम्बन्ध समाप्त गर्नुभयो रु” भनेर सोध्दा ट्रम्पले जवाफ दिए, “म पुटिनबाट निराश छु, तर सम्बन्ध पूर्ण रूपमा समाप्त भएको छैन । हो, म उहाँबाट धेरै निराश छु ।”

जब ट्रम्पलाई “पुटिनलाई रक्तपात रोक्न कसरी मनाउन खोजिरहनु भएको छ रु” भन्ने प्रश्न गरियो, उनले भने, “हामी यसमा काम गरिरहेका छौँ । हाम्रो संवाद राम्रै हुन्छ । मलाई लाग्छ हामी कुनै निष्कर्षको नजिक छौँ, तर त्यसपछि उनीहरूले युक्रेनको कुनै भवनमा आक्रमण गर्छन् ।”

पछिल्ला केही हप्तामा रूसले युक्रेनी सहरहरूमा ड्रोन र मिसाइल आक्रमण तीव्र बनाएको छ, जसका कारण रेकर्ड संख्यामा सर्वसाधारणको मृत्यु भएको छ । रूसले सन् २०२२ मा युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो ।
बाह्खरी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.