Connect with us

राजनीति

दुर्गा प्रसाईंले दर्ता गरे नागरिक बचाउ दल, अध्यक्ष माधव खतिवडा

Published

on

स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। आज आइतबार आफू अध्यक्ष रहेको दल दर्ताका लागि कानूनी प्रक्रिया पूरा भएको माधव खतिवडा (माधव कल्पित) ले बताएका छन्। आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितको भनाइ छ । कल्पितसहित पार्टीका सदस्यहरुले आज भर्खरै निर्वाचन आयोगको कार्यालय कान्तिपथ बहादुर भवन पुगेर सनाखत गरिसकेका छन्। नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले सञ्चारकर्मीहरुलाई बताएका छन् । नागरिक बचाउ दलको उपाध्यक्षमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

पार्टीका सभापति खतिवडा र महामन्त्री थाम्सुहाङ दुवै झापा निवासी हुन्। निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। आयोगले ९ गतेसम्ममा दलदर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ। यस्तो छ, २७ सदस्यीय कार्य समिति

१. अध्यक्ष– माधवप्रसाद खतिवडा
२. उपाध्यक्ष–ईश्वरीप्रसाद भट्टराई
३. उपाध्यक्ष–देवीप्रसाद संग्रौला
४. महामन्त्री–प्रेमकुमार थाम्सुहाङ
५. सहमहामन्त्री– विष्णु बोहोरा क्षेत्री
६. कोषाध्यक्ष–सुष्मा रेग्मी रिजाल
७. प्रवक्ता–प्रेम थापामागर
सदस्यहरूः
८. रामकुमार कार्की
९. प्रविन लामा
१०. शक्तिराज शाही
११. दिवाकरमान सिंह बस्नेत
१२. लुजा राई
१३. रेनुकादेवी खरेल
१४. तुलसाकुमारी खत्री
१५. राजेन्द्रबहादुर दमाई
१६. बिजय थापा
१७. तेजेन्द्र रायमाझी
१८. हरदेव महत्तो
१९. बलबहादुर तामाङ
२०. नवराज दुलाल
२१. दानुुमाया थापा
२२. रेणु हमाल शाही
२३. दीनेश पाख्रिन
२४. राजु श्रेष्ठ
२५. पुष्पराज भण्डारी
२६. सुरेन्द्रकुमार कार्की
२७. कमला माया क्षेत्री

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.