Connect with us

अर्थ

अमेरिकी डलर सँगै यूरोको भाउ बढ्यो

Published

on

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज मंगलबार अमेरिकी डलरको भाउ ०९ पैसाले बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

मंगलबार युरोपियन युरोको भाउ १ रुपैयाँ ५१ पैसाले बढेको छ । आज यूरो एकको खरिददर १४२ रुपैयाँ ६८ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा तोकिएको छ । सोमबार युरोको खरिददर १४१ रुपैयाँ १७ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा तोकिएको थियो । 

यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि सोमबार पाउण्ड खरिददर १७० रुपैयाँ १० पैसा र बिक्रीदर १७० रुपैयाँ ८५ पैसा कायम गरिएको थियो । 

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०९ पैसा रहेको छ । 
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४० पैसा तथा बिक्री दर ९ रुपैयाँ ४४ पैसा कायम गरेको जनाइएको छ । 
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३० रूपैयाँ ५१ पैसा कायम गरेको छ ।

यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ। 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.