Connect with us

अर्थ

अमेरिकी डलर स्थिर, यूरोको भाउ बढ्यो

Published

on

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार पनि सोहीमूल्यमा यसको कारोबार भएको थियो ।

सोमबार युरोपियन युरोको भाउ १५ पैसाबढेको छ । आज यूरो एकको खरिददर १४१ रुपैयाँ १७ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा तोकिएको छ । आइतबार युरोको खरिददर १४१ रुपैयाँ ०२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा भएको छ । 

यसैगरी बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ १० पैसा र बिक्रीदर १७० रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९५ रुपैयाँ २० पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ४३ पैसा र बिक्रीदर ३० रूपैयाँ ५६ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.