Connect with us

राजनीति

पूर्वराष्ट्रपति भण्डारी आज साताव्यापी चीन भ्रमणमा जाँदै, दुई कार्यक्रमको प्रमुख वक्ता

Published

on

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन् । 

उनी भोली बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् । पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।

पुर्वराष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन । जसअनुसार चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने सोमवारको संवाद कार्यक्रम र शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा गरी दुईवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्नेछिन ।

सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीका बिचमा उनको भेटघाट हुनेछ । उनको टोलीमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रिय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जनाको टोली हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.