पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले राजनीतिक दलहरूले अलमल नगरी निर्वाचनको माहौल बनाउन लाग्नुपर्ने बताएका हुन्। पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाई नगर्न कांग्रेसलाई सचेत गराए।
कांग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लेओस् । मुलुकमा निर्वाचनको माहौल सिर्जना गर्नेपर्छ यादवको भनाइ थियो। पूर्वराष्ट्रपति यादवले जेन—जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको सुझाव दिएका थिए ।
उनले भने, ‘पोलिटिकल पार्टीहरूले अब निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ। पोलिटिकल पार्टीहरुले अलमल नगरी चुनावको माहोल बनाएर जानुपर्छ। कांग्रेस लिडिङ पार्टी हो। अहिले कांग्रेस के डिसाइड गर्छ ? कांग्रेसले जुन दिन डिसाईड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ। त्यो दिन देश चुनावमय हुन्छ र चुनाव सफल हुन्छ । त्यसका लागि तपाईंहरूले चाँडै डिसाइड गर्नुस्। अब अलमलमा नबस्नुस्।’