Connect with us

राजनीति

प्रतिनिधिसभा बैठक सुरु

Published

on

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधबारको बैठकमा सरकारले यसअघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेस गर्ने कार्यतालिका छ ।

सरकारले आज यसअघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने भएको हो । सरकारमा रहेका सत्तारूढ दलहरूबिच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भएबमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने भएका हुन् ।

अहिले आकस्मिक समयमा सांसदहरूले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । त्यसपछि शून्य समय प्रारम्भ हुनेछ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.