Connect with us

राजनीति

गगनलाई प्रधानमन्त्रीको उमेदवार ताकेर निर्वाचनमा जाने निर्णय गरौँः फरमुल्लाह मन्सुर

Published

on

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उमेदवार तोकेर निर्वाचनमा होमिनुपर्ने बताएका छन् । जारी केन्द्रीय समितिको बैठकबाट यो निर्णय गरेर अघि जानुपर्ने मन्सुरको धारणा छ ।

“हाम्रो सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भए महाधिवेशनको कार्यतालिका अघि बढ्थ्यो,” उनले भने, “कांग्रेसमा विगतको पनि परम्परा छ । अहिले चुनाव अघि महाधिवेशन कि पछि भन्ने विवाद देखियो । विवाद नगरौँ ।”

उनले महामन्त्री थापा पार्टीभित्र र बाहिर पनि लोकप्रिय भएका कारणले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उमेदवार बनाएर अघि बढ्नुपर्ने र त्यही निर्णय गर्नुपर्ने धारणा राखेका हुन् ।

“आउने निर्वाचनबाट हाम्रो पार्टीबाट प्रधानमन्त्री को हुने रु आम जनताको कुरा पनि सुनेको छु । त्यो आधारमा गगन कुमार थापालाई अघि सारेर जाऔँ,” उनले भनेका छन्, “पार्टीभित्र पनि लोकप्रिय मतका साथ महामन्त्री हुनुभएको हो । अहिले पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराउन सफल हुनुभएको छ ।”

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.