Connect with us

राजनीति

झलनाथ खनालको सुझावः अब कहिल्यै नफुट्ने संकल्प गरौं

Published

on

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न सुझाएका छन् । अन्तिममा नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने सुझाए ।

‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं । यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भइयो,’ उनले भने, ‘यो भन्दा अगाडि पनि हामीले एकता त गर्‍यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने ।

कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि खनालको सुझाव छ । माओवादीसँगको एकतामा नजाने भन्दै अलग्गिएका खनाल अन्तिममा पदको बार्गेनिङपछि अन्तिममा एकतासभामा सामेल भएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.