Connect with us

समसामयिक

विश्वकप लिग-२ का लागि नेपाली टीमको घोषणा

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि टिमको घोषणा गरेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् । 

नेपालले सिरिजको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.