Connect with us

राजनीति

नातेदार नियुक्तिले असन्तुष्टिः प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै ‘जेनजी’

Published

on

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति दिलाएकामा ‘जेनजी’ रुष्ट छन् । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहितका नातेदारलाई नियुक्त गरेको खुलासा भएपछि जेनजी समूह असन्तुष्ट भएको हो ।

यही असन्तुष्टिबीच आज सोमबार (मंसिर ८) ‘द काउन्सिल अफ जेनजी’ले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । त्यसमा आबद्ध जेनजीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् ।

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङ समूहका जेनजी अगुवा सम्राट उपाध्यायले यस विषयमा अहिले छलफल भइरहेको बताए । “यसै विषयमा हामी छलफल गरिरहेका छौँ । कति बजे प्रधानमन्त्रीलाई भेट्न जाने भनेर तय भइसकेको छैन,” उनको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.