Connect with us

राजनीति

प्रधानमन्त्री हुने नेत्रविक्रम चन्दको रहर

Published

on

अहिले हर्क साम्पाङ, कुलमान घिसिङ,बालेन साह, रवि लामिछानेदेखि नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालसम्मलाई प्रधानमन्त्री हुने ठूलो रहर छ । यही मेसोमा पुर्नगठित नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि थपिएका छन् ।

आज शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव विप्लवले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् । ‘जेनजी’सँग अन्तरक्रियामा विप्लवले आफ्नो रहर खुलाएका हुन् । आउँदो निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी प्रमुख भएर काम गर्ने चाहना रहेको उनले उल्लेख गरे । तर, तोकिएकै समय (फागुन २१) मै निर्वाचन हुनेमा उनको आशंका छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउला भनेर कसैले नपत्याएको उनको भनाइ छ ।

प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनका निम्ति आवश्यक रकम नभएको कारण उल्लेख गर्दै विप्लवले निर्धारित मितिमा चुनाव हुनेमा शंका व्यक्त गरेका हुन् । उनले सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु पर्नेमा जोड दिए । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने विप्लवको मत छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.