नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदै त छ नै, हामी एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडीको चर्चा गर्दैछौ ।
एनपीएलका यसअघिका खेलमा सबैभन्दा बढी रन चितवन राइनोजका रवि बोपाराले २८६, लुम्बिनीका रोहित पौडेलले २७९ रन जोड्न सफल भएका थिए ।
उता, जनकपुर बोल्टसका जेम्स निसमले २४३ रन बनाएर तेस्रो स्थानमा छन् भने पोखरा एभेन्जर्सका एन्डिज गोइजले २२४ रन बनाएर चौथों स्थानमा छन् । तर, अरु तीन जना खेलबाट बाहिरिए पनि जनकपुरका निसमले आज पनि खेल्ने भएकाले जारी एनपिएलमा सर्वाधिक रन जोडने खेलाडी दरिन सक्छन् ।
आजको खेलको प्रथम विजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । धसर्वाधिक रन जोड्ने खेलाडीहरुले समेत पुरस्कार पाउँनेछन् ।