इरानको युद्धमा होमिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू र इजरायली सेनालाई आभार प्रकट गरे।
सम्बोधन गर्दै ट्रम्पले भने, ‘इरानका धेरै ठाउँलाई निशाना बनाउन साँध्न बाँकी छ । अब इरानले शान्तिको बाटो अँगाल्नुपर्छ। यदि उसले त्यसो गरेन भने भविष्यमा अझै ठूला आक्रमणहरू हुनेछन्।’
इरानका परमाणु केन्द्रबारे वर्षौंदेखि नाम सुनिरहेको र त्यहाँ खतरनाक र विनाशकारी योजना बनिरहेको ट्रम्पको दाबी छ। उनले आज राति गरिएका आक्रमणहरू पूर्ण रूपमा सफल भएका बताए ।
अमेरिकी सेनाले गएराति इरानको फोर्दो, नतांज र इस्फहानमा रहेका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको थियो।