राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज पत्रकार सम्मेलन गर्दैछ ।पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे तीन बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम सार्वजनिक गर्नेछ ।
प्रवक्ता झाका भनाइमा अध्यक्ष रवि लामिछानेका पक्षमा चलाइएको हस्ताक्षर अभियान, अन्य समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा पार्टीको धारणा सार्वजनिक हुनेछ ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाइरहेको छ भने १५ जेठदेखि सदन वहिष्कार गरिरहेको छ ।