Connect with us

राजनीति

आगामी रणनीति तय गर्न रास्वपाको विस्तारित बैठक बस्दै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताएका छन् । जो चितवन २ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् ।

ढकालका अनुसार, बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि पार्टीले आगामी रणनीति तय गर्नेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.