शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्वाद गर्न तयार रहेको जनाएका छन् ।
नेपाल शिक्षक महासंघ र सरकारबिच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफुहरू तयार रहेको जनाएका हुन् ।
‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।
तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको र कुराएको भन्दै सिंहदरबार प्रवेशद्दारवाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता विथोलिएको छ ।