गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राखेर हिजो अवरुद्ध संसदको बैठक आज ११ बजे बोलाइएको छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बोलाइएको हो ।
हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै प्रतिपक्षी दलले संसदमा अबरोध गरेका थिए।
हिजो बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा लगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए। राजीनामा नदिएसम्संम सद चल्न नदिने भनिएपछि पहिलो पटक ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २ः३० बजे बस्ने भनिएको थियो।
सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर आज ११ः०० बजेसम्मका लागि स्थगित गरिएको हो। भोली आर्थिक बर्ष २०८२र८३ को बार्षिक बजेट पेश गर्नु अघि हिजो उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक सर्वैक्षण प्रस्तुत गर्ने कार्यसूची थियो ।
प्रतिपक्षले संसद अबरोध गरे पछि हिजो प्रस्तुत गर्न नसकिएको आर्थिक सर्वेक्षण आज प्रस्तुत गर्ने सरकारी कार्यसूची छ । तर, सत्ता र प्रतिपक्षको अडान कायमै रहेकाले यसै भन्न सकिने अवस्था छैन ।